वडाध्यक्ष धमला कारागार चलान

वडाध्यक्ष धमला कारागार चलान


ओखलढुङ्गा ।

बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

स्थानीय एक २५ वर्षीय युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा असोज ५ गते दिएको जाहेरीको आधारमा अनुसन्धानका लागि धमलालाई प्रहरीले पक्राउ गरेको थियो ।

हिरासतमा रहेका धमलालाई ओखलढुङ्गा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी एवम प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए । धमलालाई कारागारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जागिरको प्रलोभनमा पारेर वडाध्यक्षले गरे बलात्कार, पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन

बलात्कार आरोपी फरार वडाध्यक्ष पक्राउ