एमाले मधेश प्रदेश अधिबेशनको बैधतामाथी प्रश्नै प्रश्न

एमाले मधेश प्रदेश अधिबेशनको बैधतामाथी प्रश्नै प्रश्न


जनकपुरधाम  । 

नेकपा एमाले मधेश प्रदेश अधिवेशनको बैधतामाथी प्रश्न नै प्रश्न उठेका छन ।

गत असोज २५ र २६ गते भएको अधिवेशनलाई लिएर पार्टीभित्रैका जिम्मेवार नेताहरूले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।

घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव बाहेक अन्य सदस्यहरूमा आफूखुसी गरेको जस्ता आरोपहरू अहिले सतहमा देखिएका छन ।

जिम्मेवार नेताहरूले सदस्यहरूको बैधतामाथी प्रश्न उठाएपछि मधेशमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।

‘न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरूलाई सहभागी गराइएको छ ‘। एक जना पूर्व मधेश प्रदेश कमिटी सदस्यले भने । ‘सवैजनालाई घर पठाई केही नेताहरु बसेर सदस्यहरु टुंग्याए रे भन्ने सुनेको छु ।’ 

पानीभित्रका इमानदार र  जिम्मेवार नेताहरूलाई पाखा लगाई शीर्ष नेताहरूको नजिक र चाप्लुसी गर्नेहरूलाई कमिटीमा ल्याएको प्रदेशस्तरीय नेताहरूको आरोप छ ।

‘यसले पाटीलाई बलियो बनाउनुको सट्टा थप कमजोर बनाउन सक्छ ।’ एक जना नेताले भने । पाटीमा कुनै योगदान नै नभएकाहरूलाई सर्वसम्मतको नाम दिएर आफूखुसी गर्नुलाई कसरी मान्नु र 

तर अधिवेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खड्काले पाटीको विधि र प्रक्रियाअनुसार नै अधिवेशन सम्पन्न भएको दावी गरेका छन ।

‘अब नेताहरु धेरै भएको पाटीमा त्यो खालको केही असन्तुष्टिहरू आउनु स्वभाविक पनि हो ।’ निर्वाचन अधिकृत खड्काले भने । मनोनितको नाम बाहेक पाटीबाट सर्वसम्मत भएका सबैजनाको नाम टाँस गरिएको छ 

अहिले ५ जना पदाधिकारी सहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरेको एमाले मधेशले जनाएको छ । तर ५ जना पदाधिकारी बाहेक सदस्यहरूमा सर्वसम्मत नभएको नेताहरूको जिकिर छ ।

‘बरु हामी निर्वाचन प्रणालीबाट गएको भए मान्थ्यौ तर नेताहरुका नजिक भएका आधारमा मूल्यांकन गर्नु त्यो गलत भयो’ । पाटीका अर्का पूर्व मधेश प्रदेश कमिटी सदस्यले भने । ‘पाटीका लागी नै रगत पसिना भिजाएका साथीहरूको लागी अन्याय भएको छ ।’

पुर्व उपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिवेशन भएको बताउँदै केही त्रुटि भएको हुनसक्ने बताए । ‘अब बिस्तारै असन्तुष्टि सेलाएर जान्छ अनि पाटी पुनः चलायमान हुनेछ ।’ उनले विश्वास व्यक्त गरे ।

यता नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै सावधान गर्ने बताएका छन ।

अधिवेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुंग्याएको बताउँदै अध्यक्ष मण्डलले छुटेका साथीहरुलाई १० प्रतिशतमा समेटने बताए ।

‘विधानअनुसार १० प्रतिशत  मनोनित गर्न पाउने व्यवस्था छ  । उनले भने  । यसबाट पनि केही असन्तुष्टिहरू समाप्त हुनेछन ।’

उनले पाटीले अगाडि  सारेको मिसन २०८४ अभियानमा विचलित नहुने र उद्देश्यप्राप्ति गरेर नै छाडने जिकिर गरे ।

यता रेवती पन्त पक्षधरहरू पाटी कै कारण अख्तियारले अधिवेशनको अघिल्लो दिन मुद्दा  दायर गरेको आरोप लगाएका छन ।

पुर्व उपाध्यक्ष समेत रहेका पन्त अध्यक्षको दौडमा थिए । अख्तियारले झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेपछि अध्यक्षको दौडबाट उनी पछाडि हटेका हुन ।  उनको मुद्दा दायरलाई पनि उनी पक्षधरहरूले आशंका कै रुपमा हेरेका छन ।

१० प्रतिशत मनोनित गर्ने व्यवस्थामा पाटीले सन्तुलन नबनाए थप असन्तुष्टिहरू सतहमा आउने आकलन गरिएको छ । तर थप असन्तुष्टिहरू आउन नदिने र नेता, कार्यकर्ताहरूको गुनासोमा आफू दृढ रहेको नवनिर्वाचित अध्यक्ष मण्डलले आश्वस्त बनाएका छन ।

तर एमाले मधेसभित्र देखिएको असन्तुष्टिलाई नेताहरूले सम्बोधन गर्न नसके परिस्थिति आकलन गरेभन्दा फरक बन्न सक्ने खतरा बढेको छ ।