भारतले नेपालमाथिको चामल निर्यात प्रतिबन्ध हटायो, ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने

भारतले नेपालमाथिको चामल निर्यात प्रतिबन्ध हटायो, ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने


काठमाडौं ।

भारत सरकारले विश्वका ७ देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ ।

भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै नेपालसहित ७ मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो ।

यससँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ ।

यसबाहेक, क्यामरुनले १ लाख ९० हजार मेट्रिक टन, मलेसियालाई १ लाख ७० हजार मेट्रिक टन, फिलिपिन्सलाई २ लाख ९५ हजार चामल निर्यात हुनेछ । त्यस्तै कोटे डी’ओइभोर, रिपब्लिक अफ गिनी र सिसेल्समा पनि निर्यात खुलेको छ ।

यसअघि, भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । जसबाट, नेपाल लगायत विश्वका अधिकांश देश प्रभावित बनेका थिए ।