सुनको भाउले राख्यो रेकर्ड, १ लाख १५ हजार नाघ्यो

सुनको भाउले राख्यो रेकर्ड, १ लाख १५ हजार नाघ्यो


काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १८ सयले बढेको हो ।

हिजो १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन एक लाख १४ हजार ९५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । हिजो १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

सुनको भाउ हिजो एक लाख १३ हजार ७०० रुपैयाँ कायम भएर रेकर्ड तोडेको थियो भने आज पनि १८ सयले बढेर हाल सम्मकै उच्च अंकमा पुगेको हो । पछिल्लो ३ दिनमा मात्र सुनको भाउ ३६ सयले बढेको छ भने यो साता ६५ सयले बढेको छ ।