इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार ल्याइने

इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव आइतबार ल्याइने


काठमाडौं ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जानाको शव पर्सि आइतबार नेपाल ल्याइने भएको छ ।

तेलअविवस्थित नेपाली दूताबासका अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर ४ जनाको शज भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको हो । इजरायलबाट दुबईसम्म र त्यहाँबाट काठमाडौंसम्मपुग्ने व्यवस्था मिलाइएको छ ।

फ्लाइट डिटेलअनुसार पर्सि बिहान काठमाडौं आइपुग्नेछ । ‘अन्य शव पहिचानको काम भइरहेको छ’, नेपाली दूताबासले शुक्रबार वक्तव्यमार्फत भनेको छ ।

सम्पर्कबिहीन रहेका विपिन जोशीको खोजी भइरहेको पनि दूताबासले जनाएको छ ।