मनकामना केबलकार आजदेखि सञ्चालनमा

मनकामना केबलकार आजदेखि सञ्चालनमा


मुग्लिन ।

मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।

दसैँकाे नवमी, दशमी र एकादशीमा बन्द गरिएको केबलकार बिहीबारदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।