बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु

बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, एक जनाको मृत्यु


हेटौंडा ।

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ ।

बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

झुरझुरेबाट हेटौँडा जाँदै गरेको ना ३० प ३४८१ नम्बरको मोटरसाइकल मदन भण्डारी लोकमार्गमा अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा परी मोटरसाइकलका चालक बाग्मती गाउँपालिका–६ ठाडीखोलाका स्थायी बासिन्दा २२ वर्षीय सन्तोष दर्लामीको ज्यान गएको छ । सो मोटरसाइकल दुर्घटनामा घाइते भएका अर्का २२ वर्षीय प्रदीप लोप्चन भने उपचारपछि घर फर्किएका छन् ।

सो दुर्घटनामा घाइते भए उपचारका लागि काठमाण्डौ लगिएको थियो । तर, उपचारको क्रममा न्युरो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।