पेस्तोल देखाएर गल्ला व्यापारीको साढे ५ लाख नगद लुटियाे

पेस्तोल देखाएर गल्ला व्यापारीको साढे ५ लाख नगद लुटियाे


लुम्बिनी ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका एक गल्ला व्यापारी लुटिएका छन् ।

सम्मरीमाई गाउँपालिका–६ दयानगरस्थित सेमरा सडकखण्डबाट उनीसँग रहेको नगद लुटिएको प्रहरीले बताएको छ ।

मर्चवारी गाउँपालिका- ३, रायपुर बस्ने ५० वर्षीय गल्ला व्यापारी प्रकाश बरईलाई २ जनाको अज्ञात समूहले हतियार देखाएर ५ लाख ५० हजार नगद लुटी फरार भएको प्रहरीको भनाइ छ ।

भैरहवास्थित नबिल बैंकबाट रकम झिकी घर फर्किँदै गरेको अवस्थामा बेलुका करिब ६ बजे सोही दिशाबाट आएको अज्ञात समूहले मोटरसाइकल रोकेर रकम लुटेर पश्चिम असुरैना गाउँतर्फ भागेको उनले बताएका छन् ।

सम्मरीमाई–६ डिहुली र दयानगर गाउँको बीचमा रकम लुटिएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक रेशम पौडेलले जानकारी दिए ।

रकम लुटेको खबर पाउनासाथ लुटेरा समूहको खोजतलास जारी राखेको उनले बताएका छन् ।