१ लाख १७ हजार पुगेको सुनको भाउ आज भने घट्यो, कतिमा हुँदैछ कारोबार ?

१ लाख १७ हजार पुगेको सुनको भाउ आज भने घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

आइतबारको तुलनामा सोमबार सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख १७ हजारमा कारोबार भएको सुन आज १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १५ हजार ९५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । हिजो १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।