अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका नेपाली पुन: पक्राउ

अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका नेपाली पुन: पक्राउ


दाङ ।

दाङमा अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका–१७ का नेपाली मोवाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए।

सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो।

शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए।

उनी घोराही-१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

फरार भएका नेपालीलाई खोज्न डिएसपी जनक मल्लको कमान्डमा टोली खटिएको थियो। उनलाई बिहान ११: ४० मा पुन: पक्राउ गरिएको हो।

नेपालीलाई क्षेयरोग भएको आशंकामा अस्पताल लगिएको थियो।