रिगल प्रकरण : पत्रकार सम्मेलनमै बेहोस भइन् भारती

रिगल प्रकरण : पत्रकार सम्मेलनमै बेहोस भइन् भारती


काठमाडौं ।

योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती मानन्धर पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् ।

सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी उनी अरु वक्ताहरुले बोल्ने क्रममा बेहोस भएपछि वीर अस्पताल लगिएको उनका एक सहयोगीले जानकारी दिए ।

यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

उनले असोज १७ गतेदेखि अनसन शुरु गरेकी थिइन् । दशैं विदामा अनसन स्थगित गरेकी उनले गत शुक्रबारदेखि फेरि रिले अनसन जारी राखेकी छन् ।