एक पुरुषले पुलमा झोला र कोट छोडेर नदीमा हाम फाले

एक पुरुषले पुलमा झोला र कोट छोडेर नदीमा हाम फाले


दार्चुला ।

गोकुलेश्वर पुलबाट हाम फालेर एक पुरूष चमेलिया नदीमा बेपत्ता भएका छन् ।

शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वरस्थित पुलबाट हाम फालेर पुरूष बेपत्ता भएका हुन् ।

पुलबाट हाम फालेर चमेलियामा बगेका पुरूषको पहिचान खुल्न बाँकी छ । अवस्था अज्ञात रहेको इलाका प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं प्रहरी निरीक्षक मानसिंह ऐरीले जानकारी दिए ।

बेपत्ता पुरुषको हाम फालेको ठाउँमा झोला र कोट फेला परेको र खोजीकाम भइरहेको उनले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।