दिनदहाडै गोली हानेर प्रधानाध्यापकको हत्या

दिनदहाडै गोली हानेर प्रधानाध्यापकको हत्या


काठमाडौं ।

बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका प्रधानाध्यापकको मृत्यु भएको छ ।

दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए ।

२ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार गरेको थियो ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदाहुँदै चिकित्सकहरुले मृत घोषित गरेका हुुन् ।