प्याजको भाउ आकाशियो, कति पुग्यो ?

प्याजको भाउ आकाशियो, कति पुग्यो ?


काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज कालीमाटीमा सुकेको प्याजको मूल्य प्रतिकेजी १२२ रुपैयाँ ५० पैसा पुगेको छ ।

हिजो सोमबार प्रतिकेजी ११८ रुपैयाँ रहेको प्याजको मूल्य आज बढेर करिब पाँच रुपैयाँले बढेको हो । त्यस्तै, आज टनेल गोलभेडाको भाउ पनि बढेको छ । आज गोलभेँडाको भाउ टनेलको ४५ रुपैयाँ पुगेको छ ।

यस्तैगरी रातो आलु केजीको ६०, मुढेको आलु ५१, सेतो आलु ५२ रुपैयाँ रहेको छ । यस्तैगरी स्थानीय काउली ४५ रुपैयाँ, मूला रातो ६५, सतो मूला १९ बन्दा लोकल ६५ रुपैयाँ रहेको छ ।

यस्तैगरी, भन्टा लाम्चो रू १५, भन्टा डल्लो ४५, बोडी ९तने० ६५, मकै बोडी ५६.६७, मटरकोशा २१०, घिउ सिमी ९लोकल० तितो करेला ६५, परवर  ४६.६७ घिरौला ३३.७५ रुपैयाँ रहेको छ ।