बालकृष्ण खाँणदेखि गोरेसम्म रहेकाे केन्द्रीय कारागारको बिजुली काटियो

बालकृष्ण खाँणदेखि गोरेसम्म रहेकाे केन्द्रीय कारागारको बिजुली काटियो


काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ ।

लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका हुन् ।

कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार, कारागारजस्तो संवेदनशील ठाउँ विजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना भएको छ ।

स्रोतका अनुसार, केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । ‘१५ दिनजति अघि ३७ लाख रुपैयाँ तिरेका पनि थियौं, त्योभन्दा धेरै तिर्नलाई बजेट पनि थिएन’, लुइँटेलले भने, ‘यस्तोमा प्राधिकरणले संवेदनशीलता नदेखाउँदा समस्या भएको छ ।’

केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि सुनकाण्डका कैदी चुडामणि उप्रेती ‘गोरे’ पनि केन्द्रीय कारागारमै छन् ।