टी–२० विश्वकप छनोट : नेपाल सेमिफाइनलमा

टी–२० विश्वकप छनोट : नेपाल सेमिफाइनलमा


काठमाडौं ।

टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्धको खेलमा नेपालले सानदार जित निकालेको छ ।

टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले ४ विकेटको क्षतिमा भेटायो ।

नेपालका लागि सर्वाधिक कुशल मल्लले ६५ रन,ओपनर कुशल भुर्तेलले ४३ रन बनाएका थिए ।

नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान बनेको छ । ओमानले आजै बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने बाहिरिएको छ ।

बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।