गुण्डानाइके रिगलविरुद्धको रिट हेर्दाहेर्दैमा

गुण्डानाइके रिगलविरुद्धको रिट हेर्दाहेर्दैमा


काठमाडौँ ।

गुण्डानाइके (रिगल) योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।

मंगलबार वादीपक्षबाट बालकृष्ण न्यौपाने, यज्ञनिधी न्यौपाने लगायतले बहस गरेका थिए भने सरकार तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता संजीवराज रेग्मी लगायतले बहस गरेका थिए । मंगलबारको बहस नसकिएपछि बुधबारका लागि पुनः हेर्दाहेर्दैमा राखिएको हो ।

नियन्त्रणमा लिई व्यक्ति हत्या गरेको कसुरमा जन्मकैदको फैसला सुनाइएका रिगललाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

२०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।