४ दिने नेपाल भ्रमण सकेर फर्किए गुटेरेस

४ दिने नेपाल भ्रमण सकेर फर्किए गुटेरेस


काठमाडाैँ ।

नेपालको ४ दिने भ्रमण सकेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन् ।

उनलाई उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

महासचिव गुटेरेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान अमेरिकाको न्युयोर्कका लागि प्रस्थान गरेका हुन्।

महासचिव गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

पाटन दरबार स्क्वायर भ्रमण गरेका गुटेरेस प्रधानमन्त्री दाहालले होटल सोल्टीमा आयाेजना गरेकाे रात्रिभोजमा सहभागी भएका थिए ।

गुटेरेस नेपाल भ्रमणका क्रममा सगरमाथा क्षेत्र र अन्नपूर्ण बेस क्याम्प पनि पुगे भने एक रात पोखरामा बास बसे । उनी मंगलबार लुम्बिनी भ्रमणमा पनि गएका थिए ।