इजरायलद्वारा गाजामा भीषण आक्रमण, ५० जना मारिएकाे दाबी

इजरायलद्वारा गाजामा भीषण आक्रमण, ५० जना मारिएकाे दाबी


इजरायली सेनाले गाजाको जबालिया शरणार्थी शिविरमा आक्रमण गरेको पुष्टि गरेको छ ।

जेट विमानबाट गरिएको सो आक्रमणबाट हमासका १ वरिष्ठ कमाण्डर मारिनुका साथै हमासको भूमिगत पूर्वाधारमा ठुलो क्षति पुगेको बताइएको छ ।

शिविरमा भएको आक्रमणमा ५० जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालय र अस्पतालका निर्देशकले जनाएका छन् ।

घटनास्थलका तस्बिरहरूले घरहरू भएको ठाउँमा कतै ठुला खाडल परेको देखिएको छ भने कतै घरहरू माटोमै बिलाएका छन् । आक्रमणमा परेको शरणार्थी शिविर इजरायलले मानिसहरूलाई आफ्नो सुरक्षाका लागि पहिले नै छाड्न भनेको थियो ।

इजरायलले गाजामा हवाई आक्रमण जारी राखेको छ । हिजो एकैदिनमा ३०० वटा निसाना बनाएर आक्रमण गरेको इजरायलले जनाएको छ । इजरायली स्थल सेनामाथि विद्रोहीका तर्फबाट एन्टी-ट्यांक मिसाइल र मेसिन गनबाट आक्रमण गरिएको बताइएको छ ।

हमासले गत ७ सेप्टेम्बर मा इजरायलमाथि अचानक आक्रमण गरेपछि इजरायलले गाजामा निरन्तर हवाई तथा स्थल आक्रमण जारी राखेको छ ।