राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बेच्दै, एक व्यक्तिले कति पाउने ?

राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बेच्दै, एक व्यक्तिले कति पाउने ?


काठमाडौँ।

नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ।

बुधबार राष्ट्र बैंकले सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो।

सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन्। एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन्।

यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०–१० ग्रामका सिक्का हुनेछन्।