युएईलाई हराउँदै नेपाल टि–२० विश्वकपमा छनोट

युएईलाई हराउँदै नेपाल टि–२० विश्वकपमा छनोट

१० वर्षपछि विश्वकप खेल्दै


काठमाडाैँ ।

युएईलाई ८ विकेटले हराउँदै नेपाल टि–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईलाई हरादैँ नेपालले आइसिसी टि २० विश्वकपमा स्थान बनाएको हो । यससँगै नेपाल नेपाल २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

युएईले दिएकाे १३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । यस्तै कप्तान पाैडेलले ३३ रन बनाए । बलिङतर्फ युएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो । युएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए ।

यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए ।