धम्की र पैसाकाे बार्गेनिङ आए पनि न्याय पाएँ : भारती

धम्की र पैसाकाे बार्गेनिङ आए पनि न्याय पाएँ : भारती


काठमाडौँ ।

संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप शासह दिएको बताएकी छन् ।

शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन् । उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरू आएपनि अन्ततः न्याय पाएको बताइन् ।

उनले आफ्नो टिमले कुनैपनि लोभ लालचमा नलागीकन आफ्नो सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् ।

उनले भनिन् ‘बीचमा धेरै बाधाहरू आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेको महिलालाई बाटो दे, अरू महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागी लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।