जाजरकोट भूकम्प : अहिलेसम्म १३२ जनाको मृत्यु, सयाैँ घाइते

जाजरकोट भूकम्प : अहिलेसम्म १३२ जनाको मृत्यु, सयाैँ घाइते


जाजरकाेट ।

जाजरकोट भूकम्पमा परी शनिबार बिहान १० बजेसम्म १३२ जनाको मृत्यु र सयाैँकाे संख्यामा घाइते रहेकाे नेपाल प्रहरीले जनाएको छ ।

शुक्रबार मध्यराति ११:४७ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

भूकम्पमा परी जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

भूकम्पपछि सरकारले गएरातिदेखि नै उद्दार थालेको छ । घाइतेको उपचारका लागि सबै संयन्त्र परिचालन गरेको सरकारले जनाएको छ ।