जाजरकोट भूकम्प : थप ४ जनाको मृत्यु, मृतकको संख्या १ सय ३६ पुग्यो

जाजरकोट भूकम्प : थप ४ जनाको मृत्यु, मृतकको संख्या १ सय ३६ पुग्यो


काठमाडौँ ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा थप ४ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो सँगै हालसम्म भूकम्पका कारण मुत्यु हुनेको संख्या १३६ पुगेको छ ।

जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् ।

भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । घाइतेहरूको उपचारमा काठमाडौँबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।