आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

सोमबार नेपालीबजारमा सुनको भाउ घटेको छ ।

आइतबारको तुलनामा सोमबार ५ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १४ हजार ८५० कायम भएको छ ।

यस्तै आज चाँदी स्थिर रहेको छ । हिजो १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।