उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई एक करोड रूपैयाँ सहयोग गर्ने

उड्डयन प्राधिकरणले भूकम्प पीडितलाई एक करोड रूपैयाँ सहयोग गर्ने


काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जाजरकोट भूकम्प पीडितलाई एक करोड रूपैयाँ सहयोग गर्ने भएको छ।

प्राधिकरणले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा १ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको प्राधिकरण प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।

साथै प्राधिकरणले उद्धारमा प्रयोग भएका सबै प्रकारका वायुयानको हकमा नेपालगञ्ज, सुर्खेत तथा रुकुम सल्लेरी विमानस्थल प्रयोगमा लाग्ने सबै प्रकारको शुल्क समेत शतप्रतिशत नै छुट दिन निर्णय पनि गरेको छ।

जाजरकोटको बारेकोट गाउँपालिका(१ रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव चार रेक्टरको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति गरेको छ।