कोशी प्रदेश : एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने

कोशी प्रदेश : एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने


विराटनगर ।

नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने निर्णय दिएको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

तर केन्द्रमा जस्तै गठबन्धनबाट सरकार विस्तार गरेपछि असन्तुष्ट एमाले शनिबार सरकारबाट बाहिरिसकेको छ।

कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।