२ बिरामीको मृत्यु प्रकरण : चिकित्सकले पाटन अस्पतालको सेवा ठप्प पारे

२ बिरामीको मृत्यु प्रकरण : चिकित्सकले पाटन अस्पतालको सेवा ठप्प पारे


काठमाडौं ।

पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिकबाहेकको सेवा ठप्प पारेका छन् ।

गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन् ।

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अस्पतालको आरोप छ ।

अहिले कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभएको र हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनी स्वास्थ्यकर्मीको छ ।