कृषि मन्त्रालयले सिफारिस गर्यो मकैको नयाँ ८ वटा जात

कृषि मन्त्रालयले सिफारिस गर्यो मकैको नयाँ ८ वटा जात


काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्यान्न बाली अन्तर्गत पर्ने मकैको नयाँ ८ वटा जात सिफारिस गरेको छ ।

कार्तिक १६ गतेको मन्त्रीस्तरीय बैठकले भारतमा विकास भएका मकैका वर्णशंकरको ८ वटा नयाँ जात सिफारिस गरेको हो ।

मकैका वर्णशंकर जातहरु ३४९९, एम वि एस ११५५, एन एस एच ८३९२, टि एम एम एच २८५८, आर एम एच ५६७, सुपर ९०९० , सिरी ४४५६ र सुपर किङ्ग ४४५५ सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।

यो मकैको उत्पादन क्षमता प्रतिहेक्टर ८ दशमलब ४२ मेट्रिक टन देखि ९ मेट्रिक टन छ । यो बाली लगाएको एक सय ६५ देखि एक सय ८३ दिनमा तयार हुन्छ ।

मकैका यी वर्णशंकर जातको बाली समुन्द्री सतहदेखि सात सय मिटर उचाईमा र तराईदेखि भित्रि मधेशका क्षेत्रमा खेती गर्न सकिने मन्त्रालयले जनाएको छ ।