८० बर्षपछि घट्याे चीनकाे जनसंख्या

८० बर्षपछि घट्याे चीनकाे जनसंख्या


बेइजिङ ।

चीनमा विगत केही दशकदेखि लगातार बढिरहेको जनसंख्या वृद्धिका कारण यो देशको जनसङ्ख्या अर्ब नाघेको थियो ।

यो बढ्दो जनसङ्ख्यालाई कम गर्न सन् १९८० मा चीनले दम्पतीलाई एउटा मात्र बच्चा जन्माउन दिने नीति लागू गरेको थियो। जसलाई  ‘एक सन्तान नीति’ नाम दिइएको थियो ।

चीनको यो नीति ३६ वर्ष अर्थात २०१६ सम्म जारी रह्यो तर यी नीतिको परिणामस्वरुप आज यो देशको जनसंख्या ‘नकारात्मक वृद्धि’को चरणबाट गुज्रिरहेको छ ।

हालै भएको चीनमा जनसङ्ख्या सर्वेक्षण रिपोर्टले चीनको जनसंख्या वृद्धिभन्दा मृत्युदर बढी देखाइएको थियो, जसले चीनलाइ चिन्तामा लगेको छ । सो  सर्वेक्षणका अनुसार सन् २०२२ मा चीनको जनसंख्या सन् २०२१ को तुलनामा ८ लाख ५० हजारले घटेको छ ।

सन् १९६१ मा चीनको भयंकर अनिकालपछि यो देशले पहिलो पटक यति ठूलो जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएको हो ।

सन् २०२२ को अन्त्यसम्ममा चीनको कुल जनसङ्ख्या १.४ बिलियन हुने अनुमान गरिएको थियो, जुन गत वर्षको तुलनामा ८ लाख ५० कमी देखिन आयो । यस बाहेक चीनमा जन्मदर पनि प्रति हजार ६.७७ छ भने मृत्युदर प्रति हजार ७.३७ रहेको छ, जसका कारण जन्मदर शून्यदेखि ०.६ प्रति हजारमा पुगेको छ । जसले गर्दा चीन तनाबमा परेकाे छ ।

ग्लोबल टाइम्सका समाचार अनुसार चाइनिज एकेडेमी अफ सोशल साइन्सका पूर्व उपनिर्देशक काई फेङले एक सेमिनारमा यस प्रश्नको जवाफ दिँदै जन्मदरमा आएको गिरावटलाई लिएर निराशावादी हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले बरु, यो कमीलाई पूर्ति गर्न चीनले जनसङ्ख्याको गुणस्तर सुधार गर्ने अवस्था र योजना बनाउने समय आएको सुझाव दिएका छन् ।

घट्दो जनसङ्ख्या र कोभिड–१९ ले चीनमा ठूलो प्रभाव पारेको उनको विश्वास छ । जनसङ्ख्या घट्दा देशलाई हुने नोक्सानीबाट जोगाउन सबैभन्दा पहिले श्रम शक्तिलाई न्यायोचित र प्रभावकारी रूपमा बाँडफाँड गर्नुपर्ने, न्यून पारिश्रमिक पाउने व्यक्तिको आम्दानी बढाउनु पर्ने र आधारभूत सार्वजनिक वस्तु जनता माझ बाँडफाँट गर्नुपर्ने उनले सुझाव दिएका छन् ।