डेढलाख घुस लिदै गर्दा पक्राउ परेका ना.सु. र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

डेढलाख घुस लिदै गर्दा पक्राउ परेका ना.सु. र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इनरुवाको मालपोत कार्यालयका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार आयोगले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीले सेवाग्राहीसँग घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई गत असोज १२ गते सेवाग्राहीसँग १ लाख पचास हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत बिगो र कैद सजायको माग गरेको छ ।