सरकारले इन्धनमा लगाइरहेको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई दिने

सरकारले इन्धनमा लगाइरहेको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ बूढीगण्डकी आयोजनालाई दिने


काठमाडौं ।

सरकारले इन्धनमा लगाइरहेको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि उपलब्ध गराउने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डिजेल–पेट्रोलबाट उठ्ने पूर्वाधार शुल्कबाट प्रतिलिटर ५ रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजनालाई उपलब्ध गराउने निर्णय गरेको हो।

सञ्चारमन्त्री रेखा शर्माले सरकारको निर्णयले बूढीगण्डकी जलविद्युत् आयोजना तदरुकताका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन्।