सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउने

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउने


काठमाडौं ।

सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विज्ञ समूहले दिएको प्रतिवेदन अनुमोदन गर्दै विमानस्थल निर्माणको काम अगाडि बढाउने निर्णय गरेको हो ।

सरकारी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निजगढ विमानस्थलको काम अगाडि बढाउने निर्णय भएको जानकारी दिइन् ।

‘निजगढ विमानस्थल निर्माणको काम लामो समयदेखि अवरुद्ध थियो । मन्त्रिपरिषद् बैठकले विज्ञ समूहको प्रतिवेदन कार्यन्वयन गर्न संस्कृति मन्त्रालयलाइ निर्देशन दिने र निर्माणको प्रक्रियामा अगाडि बढाउने निर्णय गरेको छ’ मन्त्री शर्माले भनिन् ।