बालेनले बढाए देउसी भैलाे खेल्ने समय, राति १ बजेसम्म खेल्न पाइने

बालेनले बढाए देउसी भैलाे खेल्ने समय, राति १ बजेसम्म खेल्न पाइने


काठमाडौंँ ।

काठमाडौँ महानगरपालिकाले तिहारमा देउसी भैलाे खेल्ने समय तोकेको छ । महानगरपालिकाभित्र रातको १ बजेसम्म देउसी भैलो खेल्ने समय तोकेको हो ।

यसअघि कोभिड तथा सुरक्षाका कारण तिहारमा राति ९ बजेसम्म देउसी भैलाे खेल्न अनुमति दिइएको थियो । यो वर्ष महानगरको नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएको मेयर बालेन शाहले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् राति १ बजेसम्म मर्यादित तरिकाले देउसी भैलो खेल्न आग्रह गरेका छन् । साथै उक्त समयसम्म नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन अनुरोध पनि उनले गरेका छन् ।

बालेनले लेखेका छन्,‘विगतका वर्षहरूमा कोभिडका कारण तथा सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र अनुमति दिइएको थियो । यो वर्ष काठमाडौँ महानगर नगर प्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं । सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ ।’