आज गाई तिहार, गाईकाे पूजा गरेर मनाइँदै

आज गाई तिहार, गाईकाे पूजा गरेर मनाइँदै


काठमाडाैँ ।

यमपञ्चक अर्थात् तिहारको आज तेस्राे दिन । आज गाई तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मकि वश्विासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवत्रि हुने भएकाले पनि गाईकाे पूजा गर्ने तरिन्छ ।

आधुनकि विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणति गरेपछि गाईकाे महत्व अझ बढेको छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा उर्जा र पवित्रता  दिने भएकाले गाईको महत्व आधुनिक विज्ञानले अझ प्रष्ट पारेकाे  छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा हातमा बाँधिएको रक्षाबन्धन अर्थात् डोरो खोलेर गाईको पुच्छरमा बाँधेमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मकि विश्वाससमेत रहेकाे छ ।

आज तिथि अनुसार गोवर्धन पूजा र हली तिहार भनेर परेकाे छैन ।  गोवर्धन पूजा र हली तिहार मंगलबार मनाइँदै छ ।