११ हजार ७८० थान पटाकासहित एकजना पक्राउ

११ हजार ७८० थान पटाकासहित एकजना पक्राउ


काठमाडौं ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका-६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।