जम्न थाल्यो तिलिचो तालको पानी

जम्न थाल्यो तिलिचो तालको पानी


हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालको पानी जम्दै । चिसो बढ्दै गएपछि पाँच हजार ९१९ मिटर उचाइमा रहेको तालको पानी जम्न थालेको हो । दैनिक चार देखि पाँच सय आन्तरिक तथा बाह्य पर्यटक यस ताल आउने गर्दछन् ।