मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश


काठमाडौँ ।

सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रवार यस्तो आदेश गरेको हो ।

नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर रिनाकुमारी साहको पद यसअघि निलम्बन गरेको थियो ।

साथै यस सम्बन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेस गर्न भनेको छ ।