दाङ ।
दाङमा गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-७ हर्नियाका जुगारु चौधरी रहेका छन् ।
चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए ।
बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए ।
मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।
प्रतिक्रिया