काठमाडौं ।
नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
टिकटक आजैदेखि बन्द हुने भएको छ।
प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि बन्द हुने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, उनले भने।
प्रतिक्रिया