सिन्धुली कारागारका एक थुनुवाको मृत्यु

सिन्धुली कारागारका एक थुनुवाको मृत्यु


काठमाडौं ।

सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ ।

दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको हो ।

बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका छन् ।

बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पताला पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमै रिखएको छ ।

मृतक विमल सवारी ज्यान मुद्दामा गत असोज १७ गतेदेखि पूर्वपक्षका लागि थुनामा थिए । विमलको के कारणले मृत्यु भयो भन्ने बारे अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।