मङ्सिरकालागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, सबै भन्दा धेरै हिमालयन बैंंकले दिने

मङ्सिरकालागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, सबै भन्दा धेरै हिमालयन बैंंकले दिने


काठमाडौं ।

मङ्सिर महिनाको लागि वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ।

माछापुच्छ्रे बैङ्कको मात्र मुद्दती निक्षेपको ब्याजदर बढेको तथ्थांकमा उल्लेख छ। बाकी ६ वटाको भने कात्तिक महिनाकै ब्याजदर यथावत् रहेको देखिन्छ। औसतमा २० वाणिज्य बैंकहरूले ०.३३ प्रतिशतले ब्याज घटाएका छन् ।

कात्तिक महिनामा यी बैंकहरूको औसत ब्याजदर ९.९६ प्रतिशत थियो । अहिले घटेर ९.६३ प्रतिशत कायम भएको छ । यता, सबैभन्दा धेरै एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ ।कात्तिकमा ११ प्रतिशतसम्म ब्याज दिँदै आएको यस बैंकले मङ्सिरमा भने ८.९६ प्रतिशतसम्म ब्याज दिने भएको छ।

सबै भन्दा धेरै हिमालयन बैङ्कले १०.६० प्रतिशत मुद्दती निक्षेपमा ब्याजदर तोकेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार हाल सिडी रसियो ८१.३१ प्रतिशतमा झरेको छ ।