ल्यापटप चोरीको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

ल्यापटप चोरीको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ


कैलाली ।

सशस्त्र प्रहरीका एक असई ल्यापटप चोरी आरोपमा पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक अस्पतालबाट ल्यापटप चोरी गरेको भन्दै धनगढी ३ का रमेश भण्डारी पक्राउ परेका हुन् ।

उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

भण्डारीमाथि चोरी मुद्दा दर्ता भएर सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।