नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित २ जना पक्राउ


बारा ।

नक्कली नोटसहित वीरगन्जबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-३१ का ऋषिलाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले वीरगन्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए ।

उनीहरूको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको थापाले बताए । उनीहरूमाथि खोटा चलनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।