देशको अर्थतन्त्र कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्योः सांसद भण्डारी

देशको अर्थतन्त्र कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुग्योः सांसद भण्डारी


रुपन्देही ।

तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ शुरु भएको छ।

सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापारझ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य डा। चन्द्र भन्डारीले गरेका छन्

महोत्सवको उद्घाटन गर्दै सांसद भण्डारीले निकै दुस्ख र परिश्रमले ल्याएको संविधान कार्यान्वयन गर्न नसकेको बताए । उनले जनताको पहुच सरकार पुर्‍याउन बनाएको संयन्त्रले धान्न सक्छ वा सक्दैन त्यसमा ध्यान पुर्‍याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आईरहेको बताए। उनले राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउदै अहिलेको अवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको उल्लेख गरे ।

उनले देशको यही अवस्थाकाकारणले नेपाली बिदेशिने क्रम बढेको बताउँदै यसलाइ रोक्न आवश्यक रहेकोमा जोड दिए। उनले नेपालमा कर्मचारी तन्त्र तथा हरेक क्षेत्रमा प्रफम बढाउदै, रिफर्म तथा ट्रन्सफर्म आवश्यक रहेकोमा जोड दिए ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले सरकार जनतालाइ दुख पर्दा बोल्नु पर्ने बताउदै दुख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको बताए। उनले आफुले सदन तथा सडकबाट उठाएको कुरा ८ देखि १६ प्रतिसत बैक ब्याज बढाउने काम गलत भएको बताउदै बैंकले लिलामी गर्ने प्रयास गरेमा त्यसको बिरोधमा उत्रने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनले देश लुट्ने थलो बनेको आरोप लगाउदै प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काम मात्रै भएको बताए। उनले नेपालका नेता खराब नभएपनी नेताका वरिपरि कस्ता मान्छे छन भन्ने कुरा महत्त्वपूर्ण हुने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको महसुस गरेको बताए।

भण्डारीले नेपालमा किसानहरुले फुल लगाउने समयमा लगाएपन बेच्ने बेलामा बाहिरबाट आएको फुलले बजार खादा नेपाली उत्पादनले बजार नपाएर फुल फाल्नुपर्ने अवस्था आएको बताए। उनले यसको बारेमा सरकार सचेत हुन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराए । रुपन्देही सबैभन्दा बसाइसराई भएर आएको ठाउँ भएको बताउदै सबैलाइ ब्यवस्थापन गर्नुपर्ने चुनौती थपिएकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए।