दुर्गा प्रसाईंले मंसिर ७ काे प्रदर्शन बल्खु चोकमा गर्ने

दुर्गा प्रसाईंले मंसिर ७ काे प्रदर्शन बल्खु चोकमा गर्ने


काठमाडाैँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेको प्रदर्शनका लागि काठमाडौँको बल्खु चोकलाई केन्द्र तोकेका छन्।

प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय  काठमाडौँ  जिल्ला प्रशासनले बताएकाे छ ।

यसअघि प्रसाईं समूहले आफ्नो कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि काठमाडौँको कुन ठाउँमा प्रदर्शन गर्ने भन्ने कुरा खुलाएको थिएन।

उता, प्रसाईँको प्रतिवादमा नेकपा एमालेले भने कोटेश्वरकाे तिनकुने क्षेत्रमा प्रदर्शन गर्ने भएको छ।

प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले पुतलीसडक, माइतीघर र बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।