कांग्रेस नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटमा अस्थायी आवास निर्माण सुरु

कांग्रेस नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटमा अस्थायी आवास निर्माण सुरु


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा भूकम्प प्रभावित जिल्लामा अस्थायी टहरा निर्माणको काम सुरु भएको छ । नेता पौडेलको नेतृत्वमा सोमबार जाजरकोट पुगेको युवाको टोलीले मंगलबार नलगाड नगरपालिकाको ५ नम्बर वडाको रघुनाथ टोलबाट अस्थायी आवास निर्माणको काम सुरु भएको हो ।

अस्थायी आवाससमेत नहुँदा सुत्केरी र वृद्धवृद्धा बिरामी पर्न थालेका पाइएको भन्दै त्यस्तो समस्या भएका परिवारलाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण हुने पाैडेलले बताएका छन् ।

पौडेलको टोलीमा रहेका कांग्रेसका महासमिति सदस्य सुशील भट्टले कांग्रेसले बनाउने १ हजार अस्थायी आवासमध्ये १०० अस्थायी आवास पौडेलको नेतृत्वमा पूरा हुने बताए ।