आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ३ सयले बढेको छ ।

मंगलबार १ लाख १६ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १५ हजार ९५० रूपैयाँ तोकिएको छ।

यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ। मंगलबार १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।