नेपालगन्ज पुगेको बुद्ध एअरको विमान अवतरणनै नगरी काठमाडौँ फर्कियो

नेपालगन्ज पुगेको बुद्ध एअरको विमान अवतरणनै नगरी काठमाडौँ फर्कियो


काठमाडौं ।

काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहलेका अनुसार आज बिहान काठमाडौंबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको हो।

उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुन काठमाडौँ फर्काइएको जनाउँदै सो बिमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको बताए।

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ।