अमेरिकी डलरको भाउ हाल सम्मकै उच्च

अमेरिकी डलरको भाउ हाल सम्मकै उच्च


काठमाडौं ।

बुधबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ।

बुधबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६८ पैसा तोकिएको छ।

यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत कात्तिक २५ गते डलरको भाउ १३३ रूपैयाँ ६५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य ३ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४६ रूपैयाँ २७ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ३९ पैसा र बिक्रीमा ८७ रूपैयाँ ७९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ०८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ५२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ६० पैसा र बिक्रीमा २८ रूपैयाँ ७३ पैसा पाइन्छ।

ल्अज
िबुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ०५ पैसा र बिक्रीमा ४३४ रूपैयाँ पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६० पैसा तोकिएको छ।